Wednesday, July 7, 2021
सर्लाही चेम्बर अफ कमर्स द्वारा प्रमुख जिल्ला अधिकारी र डिएसपीको स्वागत गर्दै जिल्लाका समस्याहरु बारे अवगत गराइयो
सर्लाही चेम्बर अफ कमर्सले आज(बुधबार) सदरमुकाम मलंगवामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भर्खरै जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी(सिडियो) र जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई संयुक्तरूपमा स्वागत गरेको छ ।
सर्लाही जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र प्रहरी नायव उपरिक्षक (डिएसपी)माधव प्रसाद बुढाथोकीलाई स्वागत गर्दै संघका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता `सुगन्ध´ ले उहाँहरुको सर्लाहीको बसाई सुखद होस् भन्ने कामना गर्दै सफल कार्यकाल शुभकामना ब्यक्त गर्नु भयो ।उहाँहरुको स्वागत गर्दै बरिस्ठ उपाध्यक्ष गुप्ताले जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन , निजि तथा व्यवसायीक क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सर्लाही जिल्लाको विकासका लागि सर्लाही चेम्बर अफ कमर्स सदैव तत्पर रहने बताउनु भयो ।
त्यस्तै कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले जारी गरेको २ महिने लकडाउनका कारण आआफ्नो व्यापार व्यवसाय तथा उद्योगधन्दाको नविकरण गराउनबाट बन्चित भएकाहरु सँग घरेलु कार्यालयले नविकरण गराउन ढिलो भएको भन्दै जरिवाना असुल गरिरहेकोले जरिवाना नलिनका लागि नेपाल सरकार सँग पहल गरिदिन र बैंक तथा वित्तीय संस्थासँग श्रृण लिएर संचालन गरेको पसल तथा उद्योगधन्दा लकडाउनको अवधीभरी बन्द रहेकाले सो अवधीभरी लाग्ने ब्याज रकम मिनाहा गराउन आवश्यक पहल गरेर सहयोग गरिदिन कमर्सले प्रजिअ सँग आग्रह गरेका थिए ।साथै उक्त कार्यक्रमका सहभागीहरुले जिल्लाको एक अर्को विकराल समस्याको रुपमा रहेको लागुऔषधको ओसारपसार तथा सेवन जस्ता गम्भीर समस्याको विषयमा ध्यानाकर्षण गराउँदै त्यसलाई नियन्त्रण गर्न कडाइसाथ पहल गरिदिन आग्रह गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment