Saturday, July 17, 2021

सर्लाहीबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित एकजना पक्राउ

 

गाँजा बोकेका तीनजना भरिया फरार

लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १

      जिल्लाको  हरिवन नगरपालिका वडा न-२ बाट ७७ किलो गाँजासहित बिहीबार एकजना पक्राउ परेको छ।पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय अशोक कुमार लामा रहेको  जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रवक्ता एवं डिएसपी  माधवप्रसाद बुढथोकीले जानकारी दिए।  

       गाँजाको ओसारपसार भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त प्रहरी टोलीले साझ करिब साढे ६ बजे तिर हरिवन न.पा वडा न-२ अत्रौली खोलामा बा. ५२ प. १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा उक्त परिमाणको  गाँजा फेला परेको प्रहरीले जनाएको छ।  लामासँगै  गाँजा बोकेर ल्याउँदै गरेका अन्य तीन जना भरिया भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएका छन् ।

   लामालाई बरामद लागुऔषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई  आवश्यक कारवाहीका लागि  ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको प्रहरीले बताएको  छ।

     तश्करहरु पछिल्लो समय सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाँजा सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

      प्रहरीले केही महिना अगाडी अभियान नै चलाएर सो क्षेत्रको  सयौँ हेक्टरमा लगाइएको गाँजा खेती  केही  नष्ट गरेका थिए ।

No comments:

Post a Comment