Tuesday, July 6, 2021

फेरि बढ्यो पेट्रोल र मट्टी तेलको मुल्य, अब कती ? फेरि बढ्यो पेट्रोल र मट्टी तेलको मुल्य, अब कती ?

 



काठमाडौं : फेरी पेट्रोलियम पदार्थको भाउ बढेको छ ।

१३ दिनपछि नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

No comments:

Post a Comment