Saturday, July 24, 2021

मलंगवा बोर्डरबाट लागुऔषध चरेश सहित ३ जना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ९

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित नेपाल भारत सिमानाकाबाट शुक्रवार  लागुऔषध चरेश सहित  ३ जना पक्राउ परेका छन् ।

     शुक्रवार बिहान ११:३० बजे तिर गोरखकाली प्रहरी चौकी  तथा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट संयुक्तरूपमा खटिएको गस्तीटोलीले मलंगवा न.पा वडा न-२ स्थित सिमानाकामा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर साविक टिस्टुङ गाविस वडा न-१ हाल थाहा  नगरपालिका वडा न-११ बस्ने माइला तामाङको छोरा वर्ष ५९ को बिर बहादुर बल ,मकवानपुर जिल्लाकै कैलाश गाउँपालिका वडा न-५ बस्ने बलबहादुरको छोरा वर्ष २५ को सुकराम पाख्रीन र जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका वडा न-११ बस्ने आइत सिंह तामाङको छोरा सुकलाल तामाङलाई लागुऔषध चरेश सहित पक्राउ गरेको हो । बिर बहादुर बलको साथबाट ५ किलो ५०० ग्राम र नेपाली नम्बरको जिओनी कम्पनीको मोबाइल , सुकराम पाख्रीनको साथबाट ५ किलो ६०० ग्राम चरेश जस्तो पदार्थ र उनीहरू सँगै रहेको सुकलाल तामाङको साथबाट  नेपाली र भारतीय नम्बरको सिमाकार्ड लागेको रेडमी कम्पनी मोबाइलको साथै निजले लगाएको पाइन्टको पछाडिको खल्तीबाट भारतीय  ५०० रुपैयाको दरले १६ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

      पक्राउ परेका तिनै जना उपर लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरि  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment