Friday, July 9, 2021

मलंगवामा भारतिय पुरुषको वेवारिसे शव भेटियो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २५

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आज(शुक्रवार)दिउँसो एक पुरुषको वेवारिसे शव फेला परेको छ । 

      मलंगवा न.पा वडा न-८ स्थित नेपाल बैंक र पुरानो भन्सार कार्यालयको बिचमा नेपाल बैकदेखी करिब ५० मिटर दक्षिणपट्टीको एक घरको बरण्डामा राखिएको खाटमा ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

   उक्त शव भारतको सितामढी जिल्ला, कन्हौली थाना, भलुवहा पंचायतको रमनगरा गाउँ बस्ने रामवृक्ष रायको ३५ वर्षीय छोरा मुकेश रायको रहेको बुझिएको छ ।स्थानीयबासीहरुका अनुसार मृतक पुरुष सधै मदिरा सेवन गरेर बढी नशा लागेपछि यसै ठाउँमा(शव फेला परेको ठाउँ)सुत्ने गरेको र घर समेत नजाने गरेको थियो ।

    बरामद शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

 

No comments:

Post a Comment