Thursday, July 8, 2021

बिवाहको प्रलोभन देखाएर युवतीलाई अलपत्र पारेकाे आराेपमा सर्लाही चन्द्रनगर गाउँपालिकाका एक युवक जेल चलान

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २४

    सर्लाही जिल्ला अदालतलले ,विवाहको प्रलोभन देखाएर युवतीमाथि जवरजस्ती करणी गरी अलपत्र पारेको  आराेपमा पक्राउ परेका सर्लाही चन्द्रनगर गाउँपालिका वडा न-७ बस्ने हरमेश कापडलाई  पूर्पक्षका लागि कारागार चलान गरेको छ । सर्लाही अदालतका न्यायाधिश हरिप्रसाद काेइरालाकाे गत साेमबारकाे आदेशले कापडलाई जबर्जस्ती करणी मुद्दामा पूर्पक्षका लागि कारागार चलान गरेको हो ।  

    कापर माथि  गत बैशाख २८ गते सिरहाकी एक २० वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर सर्लाहीकाे ईश्वरपुरमा ल्याएर करणी गरेको आरोप छ । कापडले  करणी गरेपछि युवतीको  साथमा भएकाे पैसा र माेबाईल फोन  समेत लिएर एकछिन काम छ केही बेरमै आउँछु भन्दै फरार भएका थिए ।  कापरले केही समय पहिला सिराहा जन्ती जाँदा स्थानीयसँग आफ्नो   माेबाईल नम्बर मागेकाे र पछि सर्लाही स्थित घर फर्कीएपछि मोबाइलमा  कुराकानी गर्दै  प्रेमको जालमा फसाएको अनि त्यसपछि बिबाह गर्छु भन्ने प्रलाेभनमा पारेको पिडित युवतीले बताएकी छिन्।

    कापडले युवतीलाई अलपत्र अवस्थामा छाडेर भागेपछि  प्रहरीले उनलाई उद्दार गरि सदरमुकाम मलंगवा स्थित महिला शान्ति केन्द्र (सेफ हाउस) काे जिम्मा लगाएका थिए । कापडले पिडित युवतीलाई आफ्नो  गलत ठेगाना दिएकाले प्रहरीले उनलाई  जेठको तेस्रो साता मात्र पक्राउ गरेका थिए ।पिडित युवतीले दिएको  जाहेरीको  आधारमा ईलाका प्रहरी कार्यालय केशरगंजले कापरमाथि जबर्जस्ती करणी मुद्दा चलाएकाे थियाे ।

    पीडित युवतीलाई हाल सदरमुकाम मलंगवा स्थित सेफ हाउसमै राखिएकाे सेफ हाउकी प्रमुख बनिता कार्कीले जनाएकी छिन  ।

No comments:

Post a Comment