Wednesday, July 21, 2021

जनमत पार्टीले गृह मन्त्रालय सँग आफ्ना नेता,कार्यकर्ता तथा समर्थकहरुको ज्यानको सुरक्षा मागे

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,श्रावण ६

    जनमत पार्टी सर्लाहीले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकहरुको  ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ ।

    सर्लाही जिल्ला लगायत देशका विभिन्न ठाउँमा आयोजना हुने पार्टीको आम सभा , बैठकलाई समेत प्रभावित गर्ने गरी पार्टीका नेता ,कार्यकर्ता तथा समर्थकहरु माथी विभिन्न समुहहरुबाट आक्रमण र दमनको प्रयास भइरहेको विषयमा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई  जानकारी गराउँदै उहाँकै मार्फत आवश्यक  शान्ति सुरक्षा प्रदान गर्न भनि पार्टीका जिल्ला अध्यक्ष जबाहरलाल यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्र  गृह मन्त्रालयलाई पठाइएको  पार्टीका जिल्ला सचिव विवेक कुमार शर्माले जानकारी दिए ।

     स्थानीयतहका जनप्रतिनिधिले सूचनाको हकमा  अवरोध खडा गर्ने तथा लुकाउने काम गरेको  , वेबसाईटमा समेत विवरणहरु नराखिएको ज्ञापनपत्र मार्फत प्रजिअ महतोलाई   ध्यानाकर्षण  गराएको जनमत पार्टी जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment