Sunday, July 18, 2021
रोम विधान अनुमोदनको माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राज्यले नेपालको मानवअधिकार संरक्षण र सम्बर्द्धनका लागि रोम विधानको अनुमोदन गर्नुपर्ने भन्दै अनौपचारिक क्षेत्र केन्द्र (इन्सेक) सर्लाहीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतो मार्फत आज(आइतवार) दिउँसो प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान परित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर न्याय दिवस मनाउने गरिएको इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले बताए ।सोही विधानलाई अनुमोदन गरी अन्तराष्ट्रिय कानूनको सम्मान, देश र जनताप्रति जवाफदेहिता प्रकट गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकार्षण गराएको साहले बताए ।अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान पारित भएको थियो । अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानको १ सय २४ राष्ट्रले अनुमोदन गरेपनि नेपालले अहिले सम्म गर्न सकेको छैन ।दक्षिण एशियामा बंगलादेश, अफगानिस्तान र माल्दिभ्स रोम विधानको पक्षराष्ट्र भैसकेको छन् भने नेपालले अनुमोदन गरेको छैन । युद्धअपराध, आमनरसंहार र मानवता विरुद्धको अपराधमा संलग्न हुने व्यक्तिहरुलाई जवाफदेही बनाउनुका साथै पीडितलाई न्याय गर्ने काम रोम विधान अन्तर्गत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले कानुनमा परिभाषित गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment