Saturday, July 24, 2021

सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ: प्रदेश मामिला समिति सभापति अशोक यादव

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ९

       प्रदेश नम्बर -२ का प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सांसद अशोक यादवले पटकपटक संसद विधटन गर्नेलाई सजाय दिएर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन्

     यादवले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताउनु भएको छ । सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा अाेलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउने अभिभारा पुरा गर्ने बताए ।  सर्वोच्च अदालतको फैसलाले संविधान, संसद र लोकतन्त्र बचाएको उहाँले बताउनु भएको छ ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद मात्रै ब्यूतिएको छैन, संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता यादवले  भने । अदालतले आफ्नो गरिमा बढाएको उहाँको भनाइ छ ।

      सर्वोच्चले ओलीको गलत कदमलाई सच्याएको बताउँदै उहाँले यसबाट प्रतिगमन परास्त भएको प्रतिक्रिया दिनुभएको छ  ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै  सो फैसला स्वागतयोग्य भएको यादवले बताएका छन् ।

     लामो संघर्ष गरेर ल्याएको संविधानको रक्षा गरेको भन्दै उहाँले सर्वोच्च अदालतलाई   धन्यवाद दिएका छन ।

 

No comments:

Post a Comment