सर्पदंशबाट बालकको ज्यान गयो
लोकतन्त्र समाचारदाता---
सर्लाही,असार३१
सर्लाहीको हरिवन नगरपालिका वडा न-१ मा बुधवार मध्यराती विषालु सर्पको डसाईंबाट एक बालकको ज्यान गएको छ ।
भारतको सितामढी घर भइ हाल हरिवन स्थित भोक्टेनी मावली घर आएका रन्जित ठाकुरको ४ बर्षका छोरा शिवम ठाकुरको करैत सर्पको डसाईंबाट ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।बुधबार राती सर्पले टोकेपछि बालकलाई नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगेको तर केन्द्रमा रहेको vacamp बिग्रेको कारण उपचारका लागि त्यहाँबाट जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । केन्द्रमा यस अघि पनि सर्पले टोकेको बिरामीलाई उपचारका ल्याउँदा यस्तै समस्याहरुले गर्दा धेरै बिरामीहरुले अकालमै ज्यान गुमाउनु परेको स्थानियहरुले बताएका छन् ।
चिकित्सकको लापरवाहीले गर्दा बालकको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।उनीहरू बालकको शव पोष्टमार्टम नगरी घर लान पाउनु पर्ने माग गरेका थिए ।
अहिले बालकको शव पोष्टमार्टम जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
No comments:
Post a Comment