Saturday, July 17, 2021

बागमती स्थित मानव निर्मित तालमा एक युवक डुबेर बेपत्ता




लोकतन्त्र समाचारदाता---

सर्लाही, श्रावण २

     सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा सनिवार  एक युवक डुवेर बेपत्ता भएका छन्।साझ करिब ४ बजे तिर निर्माणाधीन अवस्थामा रहेको उक्त तालमा साथीहरुसँगै  तालमा माछा मार्न गएका सोही नगरपालिका वडा न-१ का  १८ वर्षीय सुशान्त थापा  डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ  ।

    थापासँगै अन्य ६-७ जना युवकहरु पनि  माछा मार्न गएको तर थापा बाहेक अन्य सबैजना युवकहरु सकुशल बाहिर निस्किएको  प्रहरीले जनाएको छ ।  बेपत्ता भएका थापाको  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरु मिलेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     निर्माणाधीन अवस्थामा रहेको उक्त ताल  १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।

No comments:

Post a Comment