Friday, July 2, 2021

औरही र खुटौना प्रहरी कार्यालय डुबानमा

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १८

   आपत विपत्त पर्दा आम नागरिकहरुको लागि दिनरात खट्दै आएका सुरक्षाकर्मीहरु आफै आपत विपत्तमा परेका छन् ।लगातारको अविरल वर्षाले  सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेका छन् ।

     निरन्तर भइरहेको वर्षाको पानीको निकास नहुँदा चक्रघट्टा गाउँपालिकामा रहेको प्रहरी चौकी औरही र मलंगवा नगरपालिका वडा न-६ खुटौनामा रहेको  प्रहरी चौकी खुटौना डुबानमा परेको छ  ।

  डुबानमा परेपछि उक्त प्रहरी चौकीहरुमा खटिएका प्रहरी टोली स्थानीयबासीहरुको सहयोगमा दमकलको सहायताले दिनभर  पानी निकाल्न व्यस्त भएका छन् ।

    कम्पाउण्ड पुरै पानीले भरिएको छ भने प्रहरी बस्ने कोठा र कार्यालय संचालन हुने कोठा पानीले भरिएको छ ।

No comments:

Post a Comment