Wednesday, July 7, 2021

सर्लाहीको धनकौल गाउँपालिकाको ७ औँ गाउँसभा भव्य रुपमा उदघाटन



----गाउँसभाको उदघाटन शत्रमा जनप्रतिनिधी तथा कर्मचारीहरु सम्मानित---



लोकतन्त्र समाचारदाता–

सर्लाही ,असाढ २३ 

     जिल्लाको धनकौल गाउँपालिकाले १२ दिन ढिलो गरी मंगलवार आफ्नो ७ औँ गाउँसभा प्रारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष रामआश्रे साहको अध्यक्षता तथा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँ सभाको उद्घघाटन गरिएको हो ।



     गाउँ सभामा ३५ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय सहितको बजेट प्रस्तुत गरिएको छ । मन्त्री सिंहको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष राम आश्रय साहको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभामाको उदघाटन कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को लागि चालु तर्फ २३ करोड ७९ लाख ४० हजार  र पूँजीगत तर्फ ११ करोड ६६ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको छ । आव २०७८/०८९ को लागि जम्मा बजेट ३५ करोड ४५ लाख ६७ हजार पारित भएको गाउँपालिकाको कार्यालयले जनाएको  छ ।

       कार्यक्रममा गा.पा अध्यक्ष साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा बजेट बिनियोजन गरेको जानकारी गराउनु भएको छ । सोही अवसरमा प्रमुख अतिथि एवं  महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले गाउँपालिकाको समग्र विकासमा स्थानीय जनप्रतिनिधिहरुको ठुलो हात र साथ रहेकोले उहाँहरुको योगदानको कदर गर्दै गाउँपालिका अध्यक्ष साह सहित उपाध्यक्ष अकली देवी सहनी,वडा न–१ का वडाध्यक्ष गौरी शंकर महतो,वडा न–२ का वडाध्यक्ष राम बहादुर सहनी, वडा न–३ का टुनीलाल राय यादव, वडा न–४ का भोगेन्द्र राय यादव,वडा न–५ का गजेन्द्र महतो,वडा न–६ का राज मंगल राय यादव ,वडा न–७ का वडाध्यक्ष रामलखन राय लगायत कार्यपालिका सदस्य, वडा सदस्यहररु साथै गाउपालिकामा उत्कृष्ट काम गरेको भन्दै ५ जना कर्मचारीहरुलाई नगद सहित प्रशंसा।पत्रबाट सम्मानित गरेको छ । उत्कृष्ट काम गरेर सम्मान पाउने कर्मचारीहरुमा शाखा प्रमुख अरुण कुमार महतोलाई ३५ हजार नगद सहित प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै योजना शाखा प्रमुख मुकेश कुमार सिंहलाई ३० हजार नगद सहित सहित प्रशंसा–पत्रबाट सम्मानित गरेको हो । पंजिकरण शाखा सहायक धमेन्द्र प्रसाद यादवलाई १५ हजार नगद सहित सम्मान तेसै गरि कार्यालय सहयोगीद्धय जयकिसोर सिंह र धर्मेन्द्र सहनीलाई १०–१० हजार नगद सहित प्रशंसा पत्रबाट सम्मानित गरेको गाउपालिकाले जनाएको छ । सम्मानित हुनेहरुलाई मधेशको सान र पहिचान गम्छा ओढाएर सम्मानित गरिएको छ । 

    कार्यक्रममा मन्त्री सिंह, गा.पा अध्यक्ष साह र उपाध्यक्ष सहनीलाई गाउँपालिकाले मायाको चिनो उपहार स्वरुप प्रदान गरेका थिए । सोही कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो.महफुज अहमदले दोसल्ला ओढाएर गाउपालिका अध्यक्ष रामआश्रय साहलाई समेत सम्मान गर्नुभयो । कार्यक्रममा प्रदेश न–२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले सर्लाहीका क्रियाशील पत्रकारहरुलाई पनि सम्मान गर्नु भएको छ । उहाँले धनकौल (पछियारी) गाउँपालिकाले आयोजना गरेको सातौ गाउँ सभाको अवसरमा सर्लाही जिल्लाबाट नेपालका प्रतिष्ठित तथा राष्ट्रिय स्तरका टिभी(टेलिभिजन च्यानल) तथा पत्रपत्रिकामा कार्यरत संचारकर्मीहरुलाई सम्मान गर्नु भएको थियो ।   

गाउँपालिकाको गाउसभा उदघाटन शत्रको संचालन शाखा प्रमुख अरुण कुमार महतोले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो.महफुज अहमदले राख्नु   भएको थियो ।

No comments:

Post a Comment