Thursday, July 1, 2021

प्रदेश सांसद निरा कुमारी साहद्वारा शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई ह्वील चेयर वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १७

      प्रदेश न-२ का सांसद निरा कुमारी साहले शारीरिक  अपांगता भएका सर्लाहीका  ३२ जना व्यक्तिहरूलाई ह्वील चेयर र  जिल्ला स्थित विभिन्न संघ संस्था तथा विधालयहरुलाई खेलकुद सामग्री वितरण गर्नु भएको छ ।

     मोप्प नेपाल संस्थाले मंगलबार सर्लाहीको इश्वरपुर नगरपालिका स्थित गल्ला व्यापार संघमा आयोजना गरेको कार्यक्रमका बिच प्रदेश सांसद साहले  निर्वाचन क्षेत्र विकास कोषको रकमबाट  ह्वील चेयर  तथा  खेल कुद सामग्रीहरु वितरण गर्नुभएको आयोजक संस्थाका  कार्यक्रम संयोजक  संजय कुमार मंडलले जनाएको छ ।

   संघीय सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा आयोजना भएको वितरत्र कार्यक्रममा  जसपाका नेता  योगनारयण चौधरी, नगर अध्यक्ष  पंची महतो,क्षेत्रीय सचिव  राम नरेश साह,जसपा नेता अर्जुन खडका, अमिर पासवान,राधेश्याम पासवान,वडा अध्यक्ष लगायतका नेताहरुको उपस्थित रहेको थियो ।


No comments:

Post a Comment