Thursday, July 1, 2021

छुवाछूत, जिन्दावाद मुर्दावाद भन्दैमा समाप्त हुदैन

     लेख📄....✒️

              

            **हरिननदन अमबेडकर**                  

     

  आज रुपा सुनार पिडित हुनुहुन्छ ,तर तपाईंलाई थाहा छ? नेपालको गाउँ गाउँ शहर शहरमा प्रती दिन हजारौ अस्पृश्यहरु माथी छुवाछूत भेदभावका घटनाहरु घटिरहेका छन।बलात्कार र हत्याहरु हुदैछन।जसको कुनै पनि लेखाजोखा नै छैन।यस्ता समस्याहरु केबल जिन्दावाद मुर्दावाद भन्दैमा समाप्त हुने होइन ।गम्भीरताका साथ यो कुरा माथी मनन गरिएन भने यसले हाम्रो अस्तित्व नै धरापमा पार्ने छ।र हाम्रो मुल ध्वस्त हुनेछ।यस्ता मनोवृत्तिहरु सामाजिक,आर्थिक,भौतिक,सांस्कृतिक एवं राजनैतिक रुपमा संरक्षित समस्या हो।

     यसलाई बदल्ने जो कोहिले पनि सर्वप्रथम राजनैतिक माध्यमको सहयोगले निरन्तर सामाजिक सांस्कृतिक आन्दोलन गर्ने साहस गर्नु पर्दछ।सामाजिक सांस्कृतिक आन्दोलनलाई सफल बनाउन बर्षौ लाग्न सक्छ।तर समताको त्यो आन्दोलन सफल बनाउन राजनैतिक हस्तक्षेपको आवश्यकता छ।जुन आवश्यकता मनुवादी पार्टीहरुको चम्चागिरी गरेर पूरा हुदैन।जसले आफुलाई समता आन्दोलनको अभियन्ताको रुपमा प्रस्तुत गर्छन तर राजनैतिक रुपमा मनुवाहरुको नेत्रुत्वको पार्टीहरुको झोला बोकेका छन भने उनी सामाजिक आन्दोलनका बिरोधी हुन।आफू र आफ्नो समाजलाई ठग्ने ठगहरु छन।एमाले कंग्रेस माओवादी ,जसपा राप्रपा लगायतका पार्टीहरुमा लाग्ने अश्पृश्यहरु कहिल्यै पनि सामाजिक समता आन्दोलनका लागि फलदायी हुन सक्दैन।

  एकाध घटनामा मसाल जलाउदैमा समास्याको जरो हल्लिदैन।मनुवाका पार्टीहरु भित्र बसेर नारा घन्काउने र चुनावमा तिनीहरुलाई नै वोट दिलाएर अपराध गर्ने र अपराधि बचाउनेहरुलाई पावरफुल बनाउने काम कहिल्यै पनि परिवर्तनगामी हुन सक्दैन।यस्तो चालले त सधै दलित बंचित समाजको हत्या हिंसा बलात्कार भइरहने र नारा लगाउने काम पनि न रोकिने परिस्थितिको निरन्तरता दिइरहन्छ।समस्याको अन्त्य कहिल्यै पनि  हुदैन ।अत समता र स्वतन्त्रता चाह्नेले आफ्नो आन्दोलनको पहिलो सर्त मनुवाहरुको पार्टी त्याग गर्ने राख्नु पर्छ।यदि यस्तो हिम्मत छैन भने यो दुर्भाग्यले समाजलाई पछाडी धकेली रहनेछ ।

दलित माथी हुने अत्याचारलाई रोक्न दलित र गैर दलितलाई आमने सामने राख्नु पनि उचित छैन।धेरै गैरदलितहरु ब्राह्मणवादबाट पिडित छन।अत सर्वप्रथम हामीले यो आन्दोलनमा प्रयोग हुने शब्द चयन प्रती पनि ध्यान पुर्याउनु आवश्यक छ।हामीले गैर दलित शब्द प्रयोग गर्दा आदिवासी जनजाति एवं अतिपिछडा समाजलाई पनि बिरुद्धमा खडा गरिरहेका हुन्छौ। हजारौ साल देखि ब्राह्मणवादीहरुद्वारा हजारौ टुक्रामा बाडिएर अल्पजन बनाइएका  जातीहरुलाई एक जमात  बनाएर बहुजन समाजको निर्माण गर्नु पर्छ।र अल्पसंख्यकको शासन बिरुद्ध चेतनशील बनाउनु पर्छ।यस आन्दोलनलाई बहुजन वर्सेज अल्पजन अथवा ऐतिहासिकरुपमा मुलवासी वर्सेज विदेशी आन्दोलनको रुपमा शृजना गर्नु पर्दछ।

     जब सम्म बंचित बहुजन समाजलाई शासक बनाउन सकिँदैन तब सम्म सडकमा  होहल्लाले मात्रै हत्या हिंसा र बलात्कार रोकिदैन।र शासक बन्न राजनैतिक क्रान्ति जरुरी छ।जुन मौजुद्दा पार्टीहरु भन्दा अलग एक बैचारिक पार्टीको झण्डा मुनि समाज गोलवंद हुनुपर्छ ।तर यस्तो हिम्मत समाजका विद्वान भनाउँदाहरुमा पनि छैन।त्यस कारणले हाम्रो आन्दोलन सफल हुन सकिरहेको छैन।उदाहरणको लागि दलितलाई लिऔँ।दलित मात्रै पनि एक ठाउँमा आयो भने बिना दलित नेत्रुत्वको कुनै पनि पार्टीले सरकार बनाउन सक्दैन।जसको फलस्वरुप मजबुर सरकार बन्न जानेछ। बंचित समाज बिना चल्नै न सक्ने सरकार भयो भने धेरै अन्याय अत्याचार रोकिन्छ।र पछि चेतना र पावरको बिस्तार संगै दलित नेतृत्वमा पनि सरकार बन्ने पक्का हुनेछ।जसमा हामीले लिने बहुजन वर्सेज अल्पजन नितिले पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ।


     यस्तो परिवर्तनको संभावनालाई व्यक्तिवादी स्वार्थ र राजनैतिक अज्ञानताले भरिएका नेतृत्वहरुको लोभ र लालचले रोकिदिएको छ।यदि त्यस्ता फगतको लोभ र लालसालाई त्यागेर मुवमेन्टमा होमिने हो भने  बहुत चाडै हामीले परिवर्तित समयको लाभ लिन सक्ने थियौँ।


       जय भिम 

बहुजन समाज परिषद

1 comment:

  1. राम्रो विश्लेषण र राम्रो बिचार

    ReplyDelete