Thursday, July 15, 2021

मलंगवामा अवैध रकम सहित एक महिला पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ३१

         प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल -भारत सिमाक्षेत्रबाट मंगलबार लाखौ रकम सहित एकजना  महिलालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मलंगवा न.पा वडा न-३ बस्ने नेक महम्मद बैठाकी श्रीमती वर्ष ३० की रेहाना खातुन रहेकी छिन् ।

     खातुनलाई गत मंगलबार बेलुका ५ बजेको समयमा बिशेष सुराकको आधारमा खटिएको प्रहरी टोलीले  वडा न-८ स्थित झिलमिलिया माई मन्दिर नजिक बाटोमा भारत तर्फबाट मलंगवातर्फ पैदल आई रहेको अवस्थामा शंका लागी  रोकी चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र रु १,०००।– (एक हजार) दरका नोट ५००।– (पाँच सय) थान जम्मा रु ५,००,०००।– (पाँच लाख रुपैया) फेला पारेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     खातुनलाई बरामद गरेको नोटसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाईएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment