Sunday, July 11, 2021

पेस्तोल र गोलीसहित तीन युवक पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २७

      २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-२ मोहनपुरबाट हतियारसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ब्रह्मपुरी गा.पा वडा न–४, त्रिभुवननगरका २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन्

    उनीहरूलाई शुक्रवार साँझ करिब साढे ५ बजे  विशेष सुराकीको आधारमा मोहनपुर सडकबाट हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट म्याग्जिनसहितको मेड ईन इटाली लेखिएको दुई थान पेस्तोल, छुट्टै दुई थान म्याग्जिन, १७ राउण्ड गोली, बीआर ३० एक्स ६०११ नम्वरको २२० सी.सी. को एक थान पल्सर मोटरसाइकल र तीन थान मोवाइल सेट बरामद् भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी प्रसाद माधव बुढाथोकीले जानकारी दिए ।

    डिएसपी बुढाथोकीका  अनुसार रमेश मण्डलले मोटरसाइकल चलाएको र अरु दुई जना पछाडि बसेर हिँडिरहेको अवस्थामा हतियारसहित पक्राउ गरिएको हो । उनीहरुलाई आइतवार दिउँसो सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई  सार्वजनिक गरि अनुसंधान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

    उनीहरू तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको  हिरासतमा राखिएको छ ।

No comments:

Post a Comment