Friday, July 2, 2021

सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालय तथा दर्जनौँ निजी घरहरु डुबानमा





मनोज यादव---

सर्लाही ,असाढ १८

     तीन दिनदेखि लगातार अविरल रुपमा परेको पानीले सर्लाहीको सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालय  तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

    पक्की  सडक बनाउने नाउँमा पानीको निकासका लागि नाला नबनाइएका कारण  वर्षाको पानी जमेर जिल्ला प्रशासन कार्यालय  , जिल्ला समन्वय समिति ,मलंगवा नगरपालिकाको कार्यालय ,पुरानो कर कार्यालय ,सशस्त्र प्रहरी कार्यालय , पशु कार्यालयलगायत सरकारी कार्यालयहरु तथा निजी घरहरु जलमग्न भएका छन् ।

    मुसलेधार पानीका कारण सरकारी कार्यालयहरु डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।

    प्रत्येक वर्ष  वर्षाको समयमा मलंगवा  नगरपालिका क्षेत्रमा  सामान्य पानी पर्दा पनि  सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । मलंगवाको गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि ठूलो क्षति भने कतै नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

    तर अविरल वर्षाका कारण सर्लाहीका केही ग्रामीण भेगका गाउँ टोलमा भने कच्ची घर गोठहरु भत्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment