Saturday, July 3, 2021

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष असारी राष्ट्रिय जनगणना २०७८ र मदरसाको अवस्था बुझ्न सर्लाहीमा





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १९ 

   राष्ट्रिय मुस्लिम आयोगका  अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा राष्ट्रीय जनगणना र मदरसाको अवस्था बुझ्नका लागि सर्लाहीको सदरमुकाम मलंगवामा मुस्लिम धर्मगुरुहरु, मुस्लिम अगुवा,जनप्रतिनिधि  लगायत मुस्लिम संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको छ।

       मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अध्यक्षतामा बसेको  बैठकमा आयोगका अध्यक्ष अन्सारीले राष्ट्रीय जनगणना २०७८ टोलीमा मुस्लिम समुदायतर्फ बाट जनशक्ति परिचालन गर्न तथा मदरसाको बिषयमा राय सुझाव  लिएका थिए ।राष्ट्रिय जनगणना २०७८ मा मुस्लिम समुदायको सही तथ्यांक प्राप्त गर्नका लागि र मदरसाहरुको अवस्था बुझ्नका लागि अभ्यास सुरु गर्ने उहाँले  बताउनुभयो  ।

    वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको मदरसा र शैक्षिक अवस्था, आर्थिक अवस्था ,सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न बैठकमा  कुरा चलेको मलंगवा नगरपालिकाकी उपमेयर  मिकरानीले बताउनुभयो । बैठकमा उपस्थित मुस्लिम अगुवाहरुले राष्ट्रिय  जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिएका थिए ।

   शुक्रवार सर्लाही आइपुग्नु भएका अध्यक्ष अन्सारीलाई उपमेयर मिकरानीले स्वागत गर्नुभएको थियो ।मलंगवाको बसाइमा अंसारीले विभिन्न मदरसाहरुको भ्रमण गर्नुको साथै अवस्थाको बारेमा सम्बन्धित ब्यक्तिहरु सँग जानकारी लिएको मुस्लिम युवा नेता समीर मिकरानीले जानकारी दिएको छ ।

    


No comments:

Post a Comment