Saturday, July 10, 2021

नेपाल-भारत बोर्डरबाट लागुऔषध सहित एकजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २६

     सशस्त्र  प्रहरी बल नेपाल ,बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार दिउँसो  लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

    जिल्लाको कविलासी नगरपालिका वडा न-१० सलेमपुर बस्न चन्देश्वर मुखियाको छोरा अन्दाजी २० वर्षीय मुकेश मुखियालाई ब्रह्मपुरी गाउँपालिका वडा न-४ नेपाल -भारत नाका स्थित कालीमन्दिर नजिकबाट २५ बोतल कोडिवेल नामक  लागुऔषधसहित सशस्त्र  प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

   मुकेशलाई भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगरतर्फ पैदल आइरहेको अवस्थामा गस्तीमा रहेका सशस्त्र प्रहरीको टोलीले कालीमन्दिर नजिक रोकेर निजले बोकेको झोला र शरिरको तलासी गर्दा उक्त मात्रामा लागुऔषध बरामद भएको हो ।  

    सशस्त्र प्रहरीले पक्राउ गरेका  मुकेशलाई बरामद भएका लागुऔषधसहित   आवश्यक कार्यवाहीको लागि सोहीदिन जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएको प्रवक्ता बुढाथोकीले बताएको छ ।

No comments:

Post a Comment