Sunday, July 18, 2021

बागमतीको मानवनिर्मित तालमा बेपत्ता युवक मृत भेटिए




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ३

     सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा माछा मार्न जाँदा  सनिवार अपराह्नदेखि डुबेर बेपत्ता भएको  युवक २५ घण्टापछि आज(आइतवार)साँझ मृत अवस्थामा फेला परेको छ ।

    बागमती नगरपालिका वडा न–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आइतवार साँझ साँढे ५ बजेतिर मृत फेला परेका हुन् । उनी सनिवार  अपरान्ह ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए ।डुबेर बेपत्ता भएको बेलादेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले लगातार  खोजी गर्दै थिए ।  बोटमा चढेर र पौडी खेलेर पनि युवकको  अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको प्रहरीले जनाएको छ। 

   मगर सँगै अरु ५-६ जना युवाहरु पनि भरत तालमा माछा मार्न गएका थिए ।उनीहरु सकुशल तालबाट बाहिर निस्किएका थिए ।

    मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलंगवा ल्याइएको छ ।

      निर्माणाधीन अवस्थामा रहेको उक्त ताल  १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।उक्त तालमा दैनिक जसो घुमफिर गर्ने तथा माछा मार्न आउने मानिसहरुको ठुलो जमघट हुने गरेको छ।

    


No comments:

Post a Comment