मुखियालाई अपाङ्ग मैत्री साइकल प्रदान
लोकतन्त्र समाचारदाता---
सर्लाही,श्रावण १२
अपांगता भएका एक जना युवकलाई सर्लाहीका एकजना पत्रकार र व्यापारीले संयुक्तरूपमा अपांग मैत्री साइकल प्रदान गरेको छ ।
सर्लाहीको बसवरिया गाउँपालिका वडा न- ४ का स्थानीय लक्षमण मुखियाका छोरा सन्तोष मुखियालाई नेपाल पत्रकार महासंघ प्रदेश-२ कोषाध्यक्ष एवं बसबरिया गापा वडा न-५ निवासी विशवनाथ ठाकुर र खुश्बु अफ्सेट प्रेस मलंगवाले अपांग मैत्री साइकल प्रदान गरेको स्थानीय बच्चेलाल पन्डितले जनाएको छ ।
मुखियालाई २ बर्ष पहिला बाइक दुर्घटनामा परेर देब्रे खुटा गुमाउँदा हिंडडुल गर्न मुस्किल पर्दै आएकोले उनको सहजताको लागि उक्त अपांग मैत्री साइकल प्रदान गरिएको पंडितले बताए ।
No comments:
Post a Comment