Saturday, July 10, 2021

लाइफ लाइट कोचिङ्ग भाँडसरको अविभावक भेला सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ २६

     सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित लाइफ लाइट कोचिङ्ग सेन्टरले शुक्रवार  अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ।

    अविभावक भेला मार्फत कोचिङ्ग सेन्टरमा  शैक्षिक शत्र २०७७ मा अध्यनरत छात्रछात्राहरुको विदाई गरेको कार्यक्रम निर्देशक कामेन्द्र महराले जानकारी गराएको छ।

    वडा न-५ भाँडसरका वडाध्यक्ष मनोज कुमार सहनीको अध्यक्षता तथा सशस्त्र प्रहरी नेपाल बिओपी भाँडसरका इन्चार्ज सअसई के.ओ मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा कोचिङ्ग सेन्टरमा अध्यनरत शैक्षिक शत्र २०७७ का छात्रछात्राहरुको उज्ज्वल भविष्यको कामना गर्दै उपहार प्रदान गरी विदाई गरिएको थियो ।

     भाँडसर स्थित राजदेवी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य विनय कुमार राय,राम आधार यादव,जयकृष्ण महतो,श्याम मोहन पटेल लगायत अविभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका थिए  ।




No comments:

Post a Comment