Sunday, July 4, 2021

संक्रमण घटेपछि आइतवार देखि सर्लाहीका सरकारी कार्यालयहरु संचालनमा आए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २०

    कोरोना संक्रमणको जोखिमका कारण विगत डेढ महिनादेखि बन्द रहेको सर्लाही जिल्ला स्थित सरकारी कार्यालयहरु आइतवारबाट पुनः संचालनमा आएको छ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सूचना जारी गर्दै संक्रमितको संख्या कम भएपनि कोभिड १९ को संक्रमण अझैपनि पुर्ण रुपमा घटिनसकेकोले  बढी भीडभाड नहुने गरी कार्यालय संचालनमा ल्याउन भनेपछि सदरमुकाम मलंगवामा रहेको मालपोत कार्यालय , भूमि सुधार कार्यालय  नापी कार्यालय लगायतका कार्यालयहरु आइतवारदेखि संचालनमा आएका हुन। 

   दोस्रो भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि  ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेका थिए।ती

कार्यालयहरुले टोकन सिस्टम मार्फत सेवा प्रवाह गर्ने जनाइएको छ । हरेक दिन बिहान १० बजे देखि २ बजे सम्म १२ जनालाई टोकन वितरण गरिनेछ र टोकन लिनका लागि सरोकारवाला आफै आउनु पर्ने ती कार्यालयहरुले जानकारी गराएका छन् ।

    मालपोत तथा नापी कार्यालयबाट जग्गा रजिष्ट्रेशन, बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका सेवाहरु प्रवाह गरिने छ ।



No comments:

Post a Comment