Saturday, July 31, 2021

स्थानिय र प्रहरी वीच झडप, ४ जना पक्राउ

प्रतीक फोंटो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १६

   सर्लाहीको लालबन्दी नगरपालिकामा शुक्रवार साँझ  स्थानिय र प्रहरी बिच झडप भएको छ ।

    लालबन्दी स्थित मोडल अस्पतालले  टेटनसको  सुई लगाउन गएका एक स्थानिय महिलालाई रेविजको सुई लगाई दिएको विषयमा अस्पताल संचालसँग सामान्य मनमुटाव भएपछि  आक्रोसित भएका स्थानीयहरु अस्पतालका डाक्टरसंग बसेर छलफल गर्न पाउनु पर्ने माग राखेर बडा न-६ जनवादी चौकबाट निकालेको शान्तीपुर्ण जुलुसमा प्रहरीले आक्रमणको प्रयास गरेपछि स्थानिय र प्रहरी विच झडप भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।उक्त  शान्ती पुर्ण नारा जुलुसमा प्रहरी आफैले ढुंगा हान्न सुरु गरेपछि स्थानीयहरु पनि  थप आक्रोसित भएर  प्रहरीमाथी ढुंगा चलाएको  स्थानियले बताएका छन् ।

   

     मोटरसाईकलबाट लडेर सामान्य घाउ लागि लालबन्दीस्थित मोडेल अस्पतालमा टेटनसको सुई लगाउन पुगेका स्थानीय विवेक बानियाकी २१ वर्षीया  श्रीमती करुणा बानियालाई सामान्य सोधपुछ पनि नगरी रेवीजको सुई दिएको भन्दै स्थानीयहरु आक्रोसीत भएका हुन।

आफ्नी श्रीमती गर्भवती पनि रहेको र आस्पतालले सोधपुछै नगरी रेवीजको सुई लगाईदिएको भन्दै आफुहरुले प्रहरीमा उजुरी गरेको भएपनि त्यसको सुनुवाई नभएको बरु आफुहरु माथिनै उल्टो  प्रहरीले दुर्ववहार  गरेको बानियाँको दाबी छ ।शुक्रवार आफुहरुलाई प्रहरीले बोलाएको भएपनि अस्पताल प्रशासन छलफलमा नआएको स्थानीयहरुको भनाई छ ।

     उता ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका आनुसार आफुले दुवै पक्षलाई १० बजे छलफलमा बोलाएको भएपनि पीडित पक्षका मानिसहरु २ बजे आएका र अस्पताल पक्षका १० बजेनै आएर गएकाले छलफल हुन नसकेको हो । आईतावार उनिहरुलाई पुन: छलफलका लागि  बोलाईएको छ ।

   अस्पतालका चिकित्सकहरुमाथी पनि स्थानीय युवाहरुले आक्रमण गरेपछि आस्पताल प्रशासनबाट सुरक्षाको माग भएको र नियन्त्रण गर्न खोज्दा आफहरुसंग झडप भएको प्रहरी निरीक्षक थापाको भानई छ । स्थिती नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेपछि मात्र भिड नियन्त्रण भएको प्रहरी निरीक्षक थापाले बताए  ।

   प्रहरीले अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेसहित अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । मध्यस्थकार्ताको भुमिका निर्वाह गर्न पुगेका अनेरास्ववियुका केन्द्रय सदस्य रमेश घिमिरेलाई प्रहरीले निर्घात पिटेको पारिवारीक श्रोतको भनाई छ । श्रोतका अनुसार घिमीरे टाईफाईको औषधी खाईरहेका बिरामी हुन ।


No comments:

Post a Comment