Monday, July 5, 2021

सर्लाहीमा एकैदिन भएको बेग्लाबेग्लै घटनामा ४ जनाको मृत्यु

 

लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ २१

    सर्लाहीको विभिन्न स्थानमा भएको बेग्लाबेग्लै घटनामा   घटनामा चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दुई बालिका एक बालक र एकजना पुरुष रहेका छन् ।तिनजनाको डुबेर मृत्यु भएको छ भने एक जनाको सडक दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ।

          प्रहरीका अनुसार जिल्लाको  गोडैता नगरपालिका वडा न–३, सीमरा भगवतीपुर स्थित बगी खोलामा आइतवार बिहान नुहाउने क्रममा  डुबेर सोही ठाउँका सुरेन्द्र हजारीकी छोरी १३ वर्षीया रिभा हजारीको मृत्यु भएको छ।

   यस्तै ,आइतवार साँझ  इश्वरपुर नगरपालिका वडा न-१३ बाँके खोलाले बगाएर ईश्वरपुर नगरपालिका वडा न–१३, का ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ । मृतक महतो र निजकी श्रीमति  ४० वर्षीया रहन्ती देवी महोत्तरीको कान्ती बजारबाट चटपटे बेचेर सँगै घरतर्फ आउने क्रममा बाँके खोला पार गर्दै गर्दा दुवैजनालाई खोलाले बगाएको थियो ।स्थानीयहरुबाट उनीहरूलाई खोलाले बगाएको खवर पाउनासाथ घटना स्थल पुगेका प्रहरी टोली स्थानीयहरुको सहयोगमा रामचन्द्रलाई ५ सय मिटर दक्षिण खोलाको बीचमा अड्किएर मृत अवस्था फेला परेको  र निजकी श्रीमती रहन्ती देवीलाई भने सकुशल उद्धार गरेको प्रहरी प्रवक्ता गिरीले जनाएको छ ।

   त्यस्तै, सोही साँझ  कौडेना गाउँपालिका वडा न–५, छपकैया स्थित आफ्नै घर नजिक राम मन्दिरको पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय  रामबाबु रायकी ५ वर्षीया छोरी गुड्डी कुमारी राय मृत्यु भएको छ ।

    त्यसैगरी, सोही दिन अपराह्न जिल्लाकै बलरा नगरपालिका वडा न–७, डुमरिया चौक स्थित बरहथवा–मधुवनी सडक खण्डमा बरहथवाबाट मधुवनीतर्फ जाँदै गरेको  बीआर ३० एच ०४३१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सडकमा खेलिरहेका सोही ठाउँका  कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment