Sunday, July 4, 2021

@लेख... आज को परिवेशमा लागुऔषध हाम्रो समाज को विकराल चुनौती

 

              राजेश यादव(ग्वार) ✍️

      कबिलासी नगरपालिका ,सलेमपुर


     आज को डिजिटल युगमा  संसार  विकसित हुँदै गएको छ , चुनौतिहरु पनि त्यतिनै थपिरहेका छन् । समाज थरिथरीका मानिसहरुबाट निर्माण भएको छ । जहाँ विभिन्न जातजाति भाषा भाषिहरुको आफ्नै पहिचान छ, आफ्नै रितीरिवाज छ । यहि रितीरिवाज र समाजबाट उब्जेको सानो समस्या आज चुनौति को रूपमा हाम्रो समाज मा खडा  भएको छ । आजको एक्काइसौं शताब्दीमा लागु औषधको दुरुपयोग विश्वब्यापी रुपमा बढ्दै गैरहेको छ । नेपालको परिपेक्षमा हेर्ने हो भने यसको जन्म परावूर्वकालमै भएको देखिन्छ । संस्कारको रुपमा प्रयोग गरिएका पदार्थहरु आज विकराल समस्याको रुपमा फैलिएको छ ।

     हाल आएर यो समस्या कुनै एक देशमा मात्रै नभएर सबै देशको साझा समस्याको रुपमा रहेको छ । लागुऔषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा देखा पर्दै आएको छ। विकसित तथा अर्धविकसित सवै खालका मुलुकहरु लागुऔषधको कारोवारबाट प्रभावित रहेका छन ।अझ विकसित मुलुकहरु भन्दा अर्धविकसित मुलुकहरुमा लागुऔषधको कारोवार एउटा  गम्भिर समस्याको रुपमा बढ्दै गएको अवस्था छ । नेपाल लागुऔषध मुलुकको रुपमा प्रयोग हुने भए तापनि मुलुक भित्रै पनि लागु औषधको विक्री, वितरण, ओसार पसार लगायतका कारोवारहरु हुने गरेको छ । छिट्टै धन कमाउने लालसाले यस्ता कृयाकलापमा लाग्ने प्रवृतिको विकास भएको छ ।

      नेपालमा लागुऔषध ,खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । यसको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्छ ।यसको  प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु हुने ,झैझगडा हुने  ,चोरी जस्ता समस्याहरु सिर्जना  गराउँछ । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्तिहरु कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने,देश विकास पछाडी धकेल्ने जस्ता समस्याहरु लागुऔषध द्वारा  सृजित जटिल सामाजिक समस्याहरु हुन् ।

    लागुऔषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभावका कारण यसलाई सामाजिक अपराधका रुपमा लिई यसको नियन्त्रणका लागि विभिन्न समयमा  यसको नियन्त्रणमा केहि सकारात्मक भूमिका खेले पनि बदलिएको समयमा यसको प्रभावकारितामा ह्राश आइरहेको छ ।नेपालमा परापुर्वकालदेखि नै विभिन्न धार्मिक उत्सब चाडपर्ब मनाउन र मनोरंजन गर्ने क्रममा गाँजा,भाङ लगायतका नशालु पदार्थको प्रयोग हुने गरेको पाइन्छ । मानिसलाई उत्तेजित बनाउने काममा र विभिन्न खेलकुद प्रतियोगितामा बिजयी हुन समेत यसको प्रयोग भएको देखिन्छ ।हुनेखाने परिवारका सन्ततीहरुमा र हुँदा खाने परिवारका सन्ततीहरुमा यसले निकै प्रभाव पारिरहेको छ । लागुऔषध प्रयोगकर्ताहरु बढ्नुको मुख्य कारण आजको यो विकसित समाज हो । यसको जिम्मेवार तपाई  हामी सबै हौं । चेतनाको कमिले गर्दा युवा पुस्ता यो कुलतमा फसिरहेका छन् । हाल  यसले समाज परिवर्तनमा निकै ठूलो भूमिका खेलेको हुन्छ।

     नेपालको सन्दर्भमा हेर्ने हो भने लागु औषध प्रयोगकर्ता बढ्नुको कारण खुल्ला सिमाना, अभिभावकको लाप्रवाही, साथिहरुको सरसङ्गत , विभिन्न जातजातिको रितिरिवाजहरु, चाडपर्वहरु आदि पर्दछन्।नेपाली समाजका  टोल सुधार समिति, मानव अधिकारकर्मी, समाज सुधारकहरुले यसलाई गम्भिररुपमा लिनुपर्दछ अन्यथा हाम्रा आगामी पुस्ता पनि कुलतमा नफस्लान् भन्न सकिदैन।

     अन्त्यमा तपाईं हामी "युवा,विद्यार्थी"एक जुट भई आफ्नो समाजमा रहेको यस्ता कुरुती लाई सुधार्न अग्रसर होऔं ।

No comments:

Post a Comment