सर्लाहीको ईश्वरपुरबाट ४० किलो गाँजासहित तीन जना युवाहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा
लालबन्दी नगरपालिका वडा न–११ बाहुनी टोलका मोटरसाइकल चालक २४ वर्षीय संगी लामा,सोही ठाउँका १९ वर्षीय शंखलाल बल र लालबन्दी नगरपालिका वडा न–८ का २७ वर्षीय दिलिप कुमार लोक तामाङ रहेका छन् ।
उनीहरू तीनैजनालाई ईलाका प्रहरी कार्यालय केशरगन्जबाट खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिकाको वडा न-१२, बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्गबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले बुधवार साँझ ४ बजे ना ६३ प ६७७ नम्वरको मोटरसाइकलमा पूर्वतर्फ गइरहेको अवस्थामा रोके चेकजाँच गर्दा मोटरसाइकलको छेउमा बाँधेको २ वटा बोरा भित्र प्लास्टिकले बेरेर राखेको ५-५ किलोको ८ वटा पोका जम्मा ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय केशरगंजको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment