Thursday, July 8, 2021

बालबालिकाको भविष्य खराब हुन दिनु हुदैन-कर्ण

 


                   सुभाष कुमार कर्ण📝....✒️

आदरणीय जनसमुदाय,

      कोरोना जस्तो बिपद मा पनि स्थानीय देखि केन्द्रमा नेतृत्व गर्ने ले आफुखुशी जनता को सेवा भन्दापनि  कसरी बढी भन्दाबढी मुनाफा  कमाउन सकिन्छ भने गतिविधि मा लागेको  कुरा सर्वबिदितै छ ।यस्तो घडी मा सरकार ले जेजती गर्नु थियो गर्यो अब को पालो स्थानीय सरकार लाई बिधालय संचालन को जिम्मा दिएको छ ।

     बालबालिका को उज्ज्वल भबिस्य प्रती चिन्तित भै धेरै बिधालय संचालन भै कोरोना वृद्धि को कारण पुनः बन्द गर्नु परेको अवस्था विगतवर्श मा पनि आएकै हो र अहिले पनि उतिकै खतरा रहेको छ  । हो बालबालिका को भविस्य खराब हुन दिनु हुदैन हामी सब ले मनन गरेकै हो तर पनि बाध्यात्मक परिस्थितिमा बिधालय बन्द गर्नु परेको हो ।तर अब बिधालय खोल्नु पर्छ भने सम्बन्धित निकाय हरु सलबलाइ रहेको बेला मा भोलि का दिन मा बिधालय खोल्नु नै पर्ने वातावरण श्रीजना भएमा भौतिक श्रोत साधन कम भएको बिधालय ले अपनाउनु पर्ने साबधानी मा,कुनै सुविधा उपलब्ध गराउन सक्दैन जहाँ सम्म मलाइ लागछ यस्तो विषम परिस्थितिमा मा तपाई आफ्नो बच्चाको भविस्य प्रती चिन्तित हुनु हुन्छ कि उसको ज्यान जोगाउने प्रती फैसला तपाईं को साथमा छ ।

    सोचेर बिचार गर्नु होला  बिधालय सन्चालन पश्चात् विद्यार्थी मा कुनै किसिमको समस्या देखा परे त्यसको सम्पुर्ण जिम्मेवारी कसले लिने स्थानीय निकाय, संबंधित बिधालय ,अभिभावक या स्वय बिद्यार्थी कसले लिने ? विभिन्न क्षेत्रबाट शिक्षक र विद्यार्थी हरु बिधालय मा पढाउन पढ्न आउने भएकाले सुरक्षा को राम्रो व्यवस्था नहुनु ले कोरोना फैलिन सक्छ सकिँदैन त्यस्को जिम्मेवारी कसले लिने ?बिधालय सन्चालन मा हतार किन ?

     बालबालिका को भविष्य प्रती हामी सबै चिन्तित छौ तर भविष्य को भन्दा बालबालिका को जिवनको चिन्ता बढी छ, हुनु पर्छ ।मिति २०७८/०३/०७ गते को स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को प्रेस बिज्ञप्ति मा नेपाल मा डेल्टा भेरिएन्ट (B.1.617.2) र अल्फा भेरिएन्ट (B.1.1.7) दुई किसिमका भाइरस नयाँ फेला परेको जुन सबै उमेर समूह मा संक्रमण को  बढी खतरा  देखिएको अवस्था मा पनि हामी सचेत हुनु पर्ने मा असावधानी अपनाइ रहेका छौ ,बालबालिका लाई बिधालय पठाउन हतार गरि रहेका छौ आखिर किन ? सामुदायिक बिधालय मा कार्यरत शिक्षक हरु घर बसि बसि तलब खाइ रहेका छन भनी जनसमुदाय ,जनप्रतिनिधि बाट उठेको यो बिचार ले शिक्षक हरु को आत्मसम्मान मा कहि न कहि चोट पुर्याएको छ ,घर बस्नु शिक्षक को रहर होइन समय र विश्व स्तर को वर्तमान परिस्थिति ले बाध्य बनाएको छ ,तर पनि बालबालिका को भविष्य प्रती शिक्षक जुनसुकै जुन समय जिम्मेवार चिन्तित रहेको छ तर कोरोना ले श्रृजना गरेको परिस्थिति बाट शिक्षक बाध्य भएको छ घर बसि तलब खान पैसा र मानवको अहकार सबै मजबुर र प्रयोग विहिन भैसकेको छ।

    यो महामारी को बेला तर पनि हामी आफ्नो बालबालिका लाई जानी जानी मृत्यु लाई अगाल्न बिधालय मा पठाउन हतार गरि रहेका छौ ,जब सम्म राज्यले पुर्न रुपमा मा कोरोना खतरा मुक्त घोषणा गर्दैन अभिभावक ज्यु हरु हतार नगरौ किनकी सामाजिक दुरि कायम हुन सक्दैन,सुरक्षा को भरपुर श्रोत र साधन उपलब्ध हुन सक्दैन कक्षा कोठाको आकार एउटै बेन्चमा 2/3 जना विद्यार्थी बस्ने अवस्था छैन यस्तोमा सुरक्षाको आशा गर्नु जानी जानी खाल्डो मा कुदनु हो ।तर्सथ हरेक स्थिति लाई अध्ययन गरि उपयुक्त निर्णय लिन तपाईं अभिभावक ,समाज,स्थानीय ,प्रदेश र राज्री सरकार सबैको  कर्तव्य जिम्मेवारी रहेको छ ।फैसला यहाँ को हातमा

            "उज्ज्वल भविष्य को परिकल्पना या सुन्दर जीवनको "

 

No comments:

Post a Comment