Wednesday, July 14, 2021

*अबको आउने चुनाव*(संवाद)

                 

        *अबको आउने चुनाव*(संवाद)

                      सुभास कर्ण

                    मलंगवा ,सर्लाही 


जनता :-       तपाईं आफ्नो कार्यकाल मा के के बिकास गर्नु भयो ? नेताजी

नेता :-       मलाइ थाहा थियो जब जब चुनाव आउँछ तब तपाईं हरु यहि प्रश्न गर्नु हुन्छ ।                                               जनता :   भन्नू न त नेता जि 

नेता : -  बिकास त मेरो घर को छेउ मा बस्ने जनता थियो हरेक बिहान उसकै नाम लिन्थे अनि सम्झ्नथे बिकास हुँदै छ ।    तर म आफ्नो कार्यकाल मा पैसा खुब कमाए ,यति कमाए कि के भनु ।चुनाव को बेला तपाईं जस्तो जनता मासु रक्सी बिना मान्नु हुन्न त्यो किन्न लाई पैसा चाहिएन ,फेरि भोट दिने बेला सम्म घर घर् मा राती राती घुमेर पैसा बाट्छु त्यसको लागि पनि पैसा चाहियो फेरि सारी किन्न पैसा जता गयो पैसा पैसा अनि पैसा कमाउनु परेन तपाईं नै भन्नुस जनता जि मैले के गलती गरे 

       जनता :-  नेता जि तपाईं आफ्नै भाइ भरदार लाई बढी काम दिनु भयो बाकी जनता लाई पाच सय रुपैया मा खरिद गर्नु भयो ,अब के छ बिचार ,हामी त तपाईं लाई यस पाली भोट दिनेछैनौ।                                               नेता :-  जो जति भ्रष्ट उ त्यति नै लोकप्रिय नेता हुन्छ तपाईं लाई थाहा छैन ।म फेरि जित्छु फेरि कुर्सी मा म नै आउछु मलाइ थाह छ जनता को कमजोरी ,जनता आफै इमानदार छैन अनि दोश हामी लाई 

     जनता :- यसपाली जनता ले सोच बनाइ सकेको छ न रक्सी न मासु न पैसा केही लिन्न यसपाली लिन्छु त आफ्नो इमानदारी अनि भोट त हेर्दै जानुस्  । 

    नेता : तपाईं जनता हरु हामी नेता लाई खाली बिकास को नाम मा डराउनु हुन्छ हामी अब डराउने बाला छैन पैसा भए भोट के मान्छे नै किन्न सकिन्छ त्यसैले बिकासको नाममा पनि हामिले कमिशन खायो के गल्ती गर्यो त।                                       जुन दिन तपाईं जनता हरु हामी नेता हरु बाट खान छोडदिनुस ,हामिलाइ ठग्ने काम न गरदिनुस अनि भन्न आउनुस हामी लाई ,आफै जनताहरु छानीछानी व्यक्ती हरुलाइ जिताएर पठाउछ्न अनि भ्रष्टाचार भयो भने हल्ला गर्छन ।                                       जनता :- हो नेता जि हो गल्ती त हाम्रै हो तपाईं हरु जस्तो नेता को लोभ मा परेर तर देर आए दुरुस्त आए झै यसपाली कुनै पनि नेताको दारु रक्सी खान्न पैसामा भोट आफ्नो मतदान बेच्दिन सुयोग्य जनताको कुरा बुझ्ने नेता प्रतिनिधि लाई अवश्य छान्ने  छ ।                                                       समग्र जनता आफै भेडा हो जति जे गरे जनता बुझ्ने बोल्ने खालको छैन सबै गुगा बहिरा बेरोजगार छ्न चुनाव आए फेरि उहीँ ताल ।


No comments:

Post a Comment