Saturday, July 3, 2021

मलंगवाका मिर्गौला पिडित बेचन रायलाई मलेसियामा रहेका सर्लाहीबासी द्वारा आर्थिक सहयोग

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ १९

      सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालीका वडा न-११ गम्हरिया निवासी मिर्गौला पीडित बेचन रायको उपचारमा केही  सहयोग पुगोस् भनेर वैदेशिक रोजगारीको सिलसिलामा  मलेसियामा रहेका सर्लाहीबासी नेपालीहरुले संकलन गरेको ३१ हजार रुपैया नेपाल समाज सेवा सर्लाही मार्फत पठाएर आर्थिक सहयोग गरेको छ । 

     गम्हरीया निवासी स्थानीय किसान राम दरेश राय र तेतरी देवीका एकमात्र  छोरा २५ वर्षीय बेचनको  दुबै मिर्गौला फेल भएर काठमान्डौ स्थित टिचिङ्ग हस्पिटल उपचार भइरहेको छ । दुवै मृगौला बिग्रिएर फेर्नुपर्ने अवस्था रहेकोले हाल उनको डायलासिस भइरहेको छ ।उपचार महँगो भएकोले निजको कमजोर आर्थिक अवस्थाका कारण उपचार  सम्भव नहुने समस्यालाई बुझेर सर्लाहीको विभिन्न स्थानबाट रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गर्दै आएका नेपाली कामदारहरुले एकआपसमा रकम संकलन गरि सर्लाहीको एक सामाजिक संस्था नेपाल समाज सेवा मार्फत मृगौला पिडित बेचनका पिता राम दरेश रायलाई अस्पतालमै पुगेर ३१ हजार रुपैयाँ सहयोग राशि हस्तान्तरण गरेको राज किशोर पासवान नेपालले जानकारी गराएको छ । पिडितको घर रहेको मलंगवा न.पा वडा न-११ को वडा कार्यालयले पनि नगद रु १० हजार सहयोग राशि पठाएको पासवानले बताएको छ ।

    पिडित बेचनको २ र ४ वर्षको  एक छोरा र एक छोरी रहेका छन् ।

   मलेसियामा रहेका सर्लाहीबासीहरुले यसअघि पनि  संकलन गरेर पठाएको रकमबाट  नेपाल समाज सेवा संस्था मार्फत जिल्लामा हुने  विभिन्न  सामाजिक काममा सहयोग पुर्याउँदै आएको युवा सामाजिक अभियन्ता  विशाल यादवले बताए । यादवले सम्पूर्ण सामाजिक सस्था तथा  नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आआफ्नो स्तरबाट आर्थिक सहयोग गरि उनको उपचारमा सहयोग पुर्याइ दिन आग्रह गरेका छन् ।यसकालागि बेचनको आमा तेतरी देवीको नाउँमा कृषि विकास बैंकमा रहेको खाता न 1006400895145013 मा रकम जम्मा गर्न सकिने छ । 

    

    

     



 


No comments:

Post a Comment