Thursday, July 29, 2021

"हरियो वन नेपालको धन " कागजमै मात्र सिमित रहेकोले यसलाई व्यवहारमा उतार्नु पर्ने प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक यादवको सुझाव

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १४

     हरियो वन नेपालको धन कागजमै सिमित रहेकोले यसलाई कागजमा मात्र सिमित नराखी व्यवहारमा समेत लागु पर्ने प्रदेश न-२ का सांसद एवं प्रदेश मामिला सभापती अशोक यादवले बताउनुभएको छ । दिनदिनै भइरहेको वन फडानीका कारण वातावरणमा नकारात्मक असर परेकोले यसलाई बचाउन हामीसबै मिलेर लाग्नुपर्ने उहाँले भन्नुभयो ।

   बुधबार कबिलासी नगरपालिका वडा न-७ स्थित युनिभर्सल एकेडेमी विधालयको प्रांगणमा  बसेको लालबन्दी साझेदारी वन व्यवस्थापन समूह  मुल समितिको बैठकलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।     बैठकले समितिका पुर्व संयोजक कपिल प्रसाद पौडेलको स्वर्गवास पश्चात्  विगत एक वर्ष भन्दा बढी दिनदेखि नेतृत्व विहिन रहेको मुल समितिमा नयाँ संयोजकको रुपमा सर्वसम्मतिबाट अजय यादवलाई चुनेको छ । 

                      अजय यादव


    मुल समितिका जेष्ठ नागरिक सदस्य राम पुकार रायको अध्यक्षतामा बसेको बैठकले मुल समितिका सदस्य तथा सरोकारवालाहरु सँग छलफल गरि संयोजक छनौट ,समितिको खाता संचालन ,कार्यालय संचालन तथा व्यवस्थापनको साथै नेतृत्व विहिन भएको अवस्थामा हुन नसकेको साझेदारी वनको संरक्षण लगायत उपभोक्ताहरुलाई वितरण गर्नुपर्ने वन पैदावारको विषयमा निर्णयहरु गरिएको मुक समिति सदस्य चन्द्र किशोर रायले जानकारी दिए ।

    कार्यक्रममा डिभिजन वन अधिकृत माधव प्रसाद देव,एक्टमका केन्द्रीय सदस्य  रजनीकांत झा,एक्टमका जिल्ला अध्यक्ष माधव सरकार, विभिन्न सामुदायिक वनका संयोजक ,पुर्व संयोजक , वन कार्यालयका कर्मचारी , मुल समिति सदस्य , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    लालबन्दी साझेदारी  वन व्यवस्थापन समूहमा साविका ४२ वटा गाविसका उपभोक्ताहरु आबद्ध रहेका छन् ।


No comments:

Post a Comment