Tuesday, July 13, 2021

सशस्त्र प्रहरीद्वारा २ किलो भन्दाबढी अवैध चाँदीका गरगहना बरामद

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २९

     सर्लाही जिल्लाको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-९  स्थित नेपाल-भारत सीमा क्षेत्रबाट सोमबार   सशस्त्र प्रहरीले  २ लाख २८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ ।

   सोमबार बिहान करिब पौने ११ बजेको समयमा  भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी ६ सय ९१ ग्राम चाँदीका विभिन्न  गहना  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट सशस्त्र प्रहरी नायव निरिक्षक पाण्डव प्रसाद मैनालीको कमान्डमा  खटिएको ७ जना सशस्त्र प्रहरीको पैदल गस्ती टोलीले सिमा क्षेत्रको झिलमिलिया माईको मन्दिर नजिकबाट बरामद गरेको हो ।

    गस्तीमा रहेका सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै उक्त चाँदीको गहना ल्याउने व्यक्तिले बोकेको झोला बाटोमै छाडेर फरार भएका थिए ।

  उक्त झोलामा बरामद भएका ३५ जोर पाउजु,पत्थर लागेको ४ थान चाँदीको ब्रासलेट र ३४ थान सिक्रीहरुको  सुनचाँदी व्यवसायी संघ सर्लाहीका महासचिव कमलेश साह मार्फत बजार मूल्य तथा वजन प्रमाणित गराई  भन्सार कार्यालय मलंगवामा बुझाईएको बिओपी मलंगवाले बताएको छ ।

No comments:

Post a Comment