Thursday, July 1, 2021

बगदहमा कोभिड -१९ बाट प्रभावित दलित तथा अती विपन्नलाई राहत वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असार १७

   सक्रिय सहयोगी समाज सर्लाही द्वारा सर्लाही स्थिति गोडैता नगरपालिका वडा न- ६ बगदहमा कोभिड १९ बाट प्रभावित १५ जना दलित तथा अति बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।

   सर्लाहीका विभिन्न ठाउँबाट मलेसिया काम गर्न गएका  ३४ जना युवाहरूको समुहले  पैसा संकलन गरेर स्थानीय संचार गृहसँग  समन्वय गरी राहत वितरण गरेको हो । सक्रिय सहयोगी समाज सर्लाही तथा रेडियो मलंगवाको समन्वयमा उक्त खाद्यान्न सामाग्री वितरण गरिएको रेडियो मलंगवाका स्टेसन मेनेजर  अरोज यादवले बताएको छ। गोडैता नगरपालिका ६ बगदहका युवा समाजसेवी मजदुर राम नरेश पटेलको अनुरोधमा गोडैता नगरपालिका वडा न- ६ बगदहका अति बिपन्न ,अशक्त , अपाङ्ग तथा एकल महिलाहरुलाई राहत  स्वरुप प्रति ब्यक्ति २५ केजी चामल,  २ केजी नुन, २ केजी दाल, १ केजी खानेतेल लगायतका खाद्यान्न सामाग्री  वितरण गरेको यादवले जानकारी दिए ।

    राहत वितरण कार्यक्रममा रेडियो मलंगवाका सम्वाददाता रामनारायण साह,स्थानीय रन्धिर यादब, राम नरेश पटेल,रामबाबु महतो, लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment