Thursday, July 22, 2021

नेपाली काँग्रेस सर्लाही क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरु द्वारा अमरेश सिंहलाई कारवाही गर्न माग

  




लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन ७

   नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको पार्टी विरोधी क्रियाकलाप तथा व्यवहारले सर्लाही जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिती उत्पन्न गराएको भन्दै नेपाली काँग्रेस सँग आवद्ध क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरुले पार्टीको विधि विधान बमोजिम  सिंहलाई कार्यवाही गर्न प्रधानमन्त्री तथा पार्टीका सभापती शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

   पार्टीको महाधिवेशनको पुर्व संध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण सम्बन्धि उत्पन्न अवाञ्छित ,अस्वभाविक र भद्दा प्रवृत्तिले काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध उत्पन्न गराएको उल्लेख गर्दै सिंहको अहंकार ,दुष्ट प्रवृत्ति ,पटकपटक पार्टी र शिर्ष नेतृत्वको बारेमा दिने गैरजिम्मेवार अभिव्यक्ति ,झुठो आश्वासन ,कुरा लगाउने बानी, क्षेत्र विपक्षीको घरमा बसेर पार्टी विरोधी गतिविधि र षड्यन्त्र गरि पार्टी कार्यकर्तालाई गालीगलौज गरि तर्साउन खोज्ने कार्य, पार्टीको विधि विधान ,पद्धति र संगठनको निर्णयलाई सधै बेवास्ता गरि कुल्चेर अगाडी बढ्न खोज्ने ,जिल्ला र क्षेत्रमा हुने पार्टीको कार्यक्रमहरुमा सहभागी नहुने ,आफ्नो क्षेत्रमा काँग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफु  अनुकुल अनावश्यक कार्य गर्न दवाब, धाक धम्की समेत दिने गरेको सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

     पटकपटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरि पार्टीलाई बदनाम गराउने ,विपत्त र दैवीप्रकोपको बेला एकचोटी पनि क्षेत्रमा नआउने र अहिले अधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा पनि नआउने तर वडा,पालिका ,प्रदेश ,क्षेत्र प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिहरुले गरेका निर्णयहरुलाई नमानी त्यसलाई कुल्चेर अगाडी बढ्न विभिन्न जालझेल र तानाशाही प्रवृत्ति अवलम्बन गर्ने प्रतिनिधि सभा सदस्य सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट  क्षेत्र न-४ का नेता तथा पार्टी कार्यकर्ताहरु आतंकित भइसकेकोले उहाँ माथि पार्टीको विधि विधान अनुरुप आवश्यक कार्यवाही गरि वडादेखि क्षेत्रसम्मको निर्णयले इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन सर्लाही  क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरुले सभापति देउवा सँग आग्रह गरेका छन् ।

    पार्टीका प्रदेश न-२ का प्रदेश सभा सदस्य विरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा,क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साह,बसबरिया गापा अध्यक्ष राम आयोध्या यादव ,रामनगर गापा अध्यक्ष नितु कुमारी यादव,क्षेत्र न-४ क का प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी,क्षेत्र न-४ ख का प्रदेश क्षेत्रीय सभापति अशोक कुमार सिंह,बलरा नगर सभापति बालकिशोर सिंह,बरहथवा नगर सभापति उपेन्द्र महतो,बसबरिया गापा सभापति लालबाबु महतो,धनकौल गापा सभापति बैजनाथ प्रसाद सिंह तथा  रामनगर गापा सभापति राम एकवाल साह लगायतका नेताहरुले संयुक्तरूपमा  हस्ताक्षर गरि पठाएको  अनुरोध पत्र मार्फत सभापति देउवालाई  सो कुराको जानकारी गराइ सिंह उपर कार्यवाहीको माग गरेका  हुन । 






No comments:

Post a Comment