Sunday, July 4, 2021

रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन

 




लोकतन्त्र समाचारदाता ---

सर्लाही,असाढ २०

     सर्लाहीको रामनगर गाउँपालिका गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको  सनिवार राति निधन भएको छ ।

उहाँको ७० वर्षको उमेरमा काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा राति  १२ बजे  मृत्यु भएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

    रामनगर गा.पा वडा न-१ स्थायी बसोबास रहेका  अध्यक्ष बर्मा विगत  लामो समयदेखि क्षयरोगबाट पीडित थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि गएको १४ गते उनलाई काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।त्यहीँ उनको मृत्यु भएको  गा.पा उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।मृत्यु पछि उनको शव गाउँमै ल्याएर आइतवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको उपाध्यक्ष नितुदेवीले  बताएकी छिन् ।

    स्थानीय तहको निर्वाचनमा उहाँ  नेपाली काँग्रेसको तर्फबाट  गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



No comments:

Post a Comment