जसपा नेपाल सर्लाही जिल्ला ईन्चार्ज एवं मधेस प्रदेश सांसद अशोक यादवको नाम संघ र प्रदेश दुवैबाट सिफारिस
मनोज यादव---
सर्लाही,भाद्र १७
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालका सर्लाही जिल्ला ईन्चार्ज तथा मधेश प्रदेश मामिला सभापति एवं प्रदेश सांसद अशोक यादवको नाम संघ तथा प्रदेश दुवैमा सिफारिस गरिएको छ।
जसपा नेपालको क्षेत्रिय र जिल्ला कार्य समितिको बैठकले यादवको नाम सर्लाही जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधि सभा र क्षेत्र न. २ (ख) बाट प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको जिल्ला कार्यसमिति सर्लाहीले जनाएको छ।
नेता यादव बेलाबेलामा मधेश र मधेसी जनताहरुलाई आइपरेका समस्याहरुको समाधानका लागि जिल्ला ,प्रदेश र केन्द्रसम्म पुगेर आवाज उठाउँदै आइरहेको र केही हदसम्म समस्याहरुको समाधान समेत गरेकोले उहाँ सर्लाहीका युवा तथा आम जनताहरु बिच लोकप्रिय हुनुहुन्छ ।
पार्टीले नेता यादवको योग्यता र संघर्षको सहि मुल्यांकन गरेर अब आउने चुनावका लागि संघ तथा प्रदेश दुबैमा चुनाव लड्न सिफारिस गरेर जनहितको काम गरेको भन्दै क्षेत्र न.२ का जनताहरुले पार्टीको सो निर्णयको स्वागत तथा प्रसंसा गरेका छन् ।
No comments:
Post a Comment