Tuesday, September 6, 2022

बेवारिसे अवस्थामा भेटिएका अज्ञात घाइते युवकको मलंगवामा उपचारको क्रममा मृत्यु

  


लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २१


    सोमबार राति सर्लाहीको हरिपुर नगरपालिका वडा न–३, फरहदवा स्थित नवलपुर-मलंगवा सडक खण्डमा  दुर्घटनामा परि घाइते अवस्थामा भेटिएका अज्ञात युवकको आज(मंगलबार) बिहान सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

   तराई मुलको जस्तो देखिने अन्दाजी २४-२५ वर्षको ती युवकको पहिचान  खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। फरहदवा नजिक सडक छेउमा  घाइते अवस्थामा फेला परेका ती युवकलाई प्रहरीले सोमबार राती करिब पौने १० बजेतिर  उद्धार गरेर प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो ।घटना स्थलमा बीआर ३० एई ०४१२ नम्बरको एउटा मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ। 

  यो समाचार तयार पार्दासम्म घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिपुर संयुक्तरूपमा जुटेका छन् ।ती युवकलाई कुनै अर्कै मोटरसाइकलले ठक्कर दिएको वा आफैले चलाउँदा दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुसंधानको क्रममा प्रहरीले आशंका गरेको छ। 

 

No comments:

Post a Comment