Thursday, September 8, 2022

महोत्तरी जिल्लाकी जस्मिन थापा मगर मधेस प्रदेशको पहिलो डान्स आइडल




मनोज यादव----

सर्लाही,भाद्र २३

     असंथुपिका कला केन्द्र, लालबन्दीको  आयोजनामा सुरु भएको मधेस प्रदेश स्तरीय एकल खुल्ला डान्स आइडल प्रतियोगिता”को फाइनल प्रतिस्पर्धा  सर्लाहीको  लालबन्दी नगरपालिकामा सम्पन्न भएको छ।

       प्रतियोगितामा  मधेस प्रदेशका ८ ओटै जिल्ला लगायत अन्य प्रदेश र छिमेकी देश भारतबाट पनि सहभागी रहेका थिए। हजारौं प्रतिस्पर्धीहरु बीच छनोट गर्न चार एपिसोड अडिसन गराई पाँच जना फाइनलमा पुग्न सफल भएका थिए।जसमध्येबाट दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा  महोत्तरीको बर्दिबास निवासी  जस्मिन थापा मगर प्रथम स्थान हासिल गर्दै  मधेस प्रदेशको पहिलो डान्स आएडल  बन्न सफल भएकी छिन् । उनले  प्रमाणपत्र र सिल्डसहित स्कुटी  पुरस्कार स्वरूप प्राप्त गरकी छिन् । 

यस्तै आयोजक पक्ष अर्थात् असंथुपिका कला केन्द्रका नृत्य निर्देशक  संजय बलम्पाकी मगरका अनुसार  धनुषा जिल्ला  महेन्द्र नगरकी बिधिका श्रेष्ठले दोसो स्थान प्राप्त गरि प्रमाणपत्र र सिल्डसहित एउटा ल्याप्टप प्राप्त गरेकी छिन भने  तेस्रो स्थान प्राप्त गरेकी सिरहा जिल्ला  भूल्केकी  निर्जला गदाइलीले तेस्रो स्थान हासिल गरि प्रमाणपत्र र सिल्डसहित एउटा फ्रिज प्राप्त गरेकी छिन् ।यस्तै चौथो स्थान प्राप्त गेका धनुषा जिल्ला महेन्द्रनगरका  सुमित मिश्र र पाँचौं स्थान प्राप्त गरेकी महोत्तरी जिल्ला  बर्दिवासकि अविना पुलामी मगरलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ।

     मधेश प्रदेशमै पहिलोपटक २०७६ सालमा  सुरु गरेको यो प्रतियोगिता विश्व व्यापी रुपमा देखा परेको कोरोना भाइरसको बढ्दै गरेको संक्रमण र  लकडाउनका कारण समयमा सम्पन्न गर्न नसकेको  मधेस प्रदेश डान्स आइडलका संयोजक राजेश आले मगर(दिपक)ले बताए । तर ढिलै भएपनि सफलतापुर्वक कार्यक्रम सम्पन्न भएकोले आफुहरुले निकै हौसला प्राप्त गरेको र  दर्शकहरुको प्रतिक्रिया पनि राम्रो रहेको संयोजक आलेले बताए ।यसको दोस्रो सिजन पनि केही दिनमै लिएर आउने उनले जानकारी गराए।

     मधेस प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा  लालबन्दी स्थित विणा चलचित्र मन्दिरमा आयोजना गरिएको  उक्त कार्यक्रममा  नेपालका बरिस्ठ नृत्य निर्देशक कमल राई,सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)का निवर्तमान महाप्रबन्धक राजेश थापा,लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर शान्ती लामा पाख्रिन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा नायक निखिल उप्रेती आउने भनिएपनि विशेष कारणवश उहाँ  सहभागी हुन नसकेपछि भर्चुअल संदेश मार्फत कार्यक्रमको सफलताको लागि शुभकामना संदेश पठाउनुभएको थियो।

      कार्यक्रममा  गायक प्रकाश तिमल्सिना र द काटुन कुजको टिमले पनि गायन तथा  नृत्य प्रस्तुत गरेका थिए। 

      कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबै सहयोगी हातहरु र पुरस्कार उपलब्ध गराएर सहयोग पुर्याउने विकल्प कन्ट्रक्सन एण्ड सप्लयर्स ,स्काई कम्प्युटर सेन्टर लालबन्दी र सर्लाही TV घर लालबन्दीलाई आयोजकले विशेषरुपमा धन्यवाद दिएका थिए।

   कार्यक्रमको संचालन ढुकढुकी एफएम कि आर.जे लक्ष्मी गुरुङले गरेकी थिइन्।

        



No comments:

Post a Comment