अन्तरजातिय प्रेम विवाह गरेका सर्लाहीका उदाहरणीय जंगीलाल र राधाको जोडीलाई अदालतले स्विकारे पनि परिवारले स्विकारेन
मनोज यादव----
सर्लाही,भाद्र १९
भनिन्छ, प्रेममा जात,पात,उँच, निच,धर्म,वर्ण उमेर, रङ्ग,केही हुँदैन ।प्रेमिल जोडीहरु एक अर्कालाई पाउन जे पनि गर्न तयार हुन्छन् । कतिपय प्रेमि जोडीहरु सामाजिक कुरीतिहरुका कारण छुटेका पनि छन्, तर सर्लाहीका एक अन्तरजातिय जंगीलाल यादव र राधा कुमारी चमारको जोडीले यस्ता भनाइलाई सार्थक बनाएर समाजको लागि एउटा उदाहरणीय काम गरेका छन् ।
जंगीलाल र राधाको जोडीले समाजमा बिद्ममान रहेको जातीय विभेद र छुवाछूतलाई अन्त्य गर्न उदाहरणय काम गरेको मानव अधिकारकर्मी शुन्दर श्याम यादवले बताए।
तल्लो जातको केटीसँग विवाह गरेको भन्दै बुवा राम सेवक यादवले घरमा प्रवेश गर्न रोक लगाएकोले आफुहरुलाई पुनर्स्थापन गराइदिन भन्दै केटाले सबै सरोकारवालाहरु सँग आग्रह गरेको छ ।
No comments:
Post a Comment