Saturday, September 17, 2022

रेडियो बरहथवा दशौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विशेष पुजा गरि मनाए विश्वकर्मा जयन्ती

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १

     सर्लाहीको बरहथवा नगरपालिकाबाट संचालन भइरहेको   रेडियो बरहथवा १०१.१ मेगाहर्जले सफलतापूर्वक  नवौ वर्ष पुरा गरि दसौ बर्षमा प्रवेश गरेको अवसरमा भगवान विश्वकर्माको विषेश पुजा गरेको छ।

    रेडियोले २०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिनदेखि आफ्नो प्रशारण आरम्भ गरेको थियो।रेडियोको प्रशारण आरम्भ भएको दिन र विश्वकर्मा पुजा एकैदिन परेकोले विशेष पुजाको आयोजना गरि रेडियोको स्थापना दिवस मनाएको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिए ।

     रेडियोले बिहान ५ बजेदेखि राती १० बजेसम्म सामाचार तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ । त्यस्तै यस रेडियोले बिहान ८ बजे र बेलुका ६ः३०  बजे लालबन्दीबाट प्रशारण हुने सामुदायिक रेडियो एकतासँग सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेको संचालक सिंहले बताएको छ।

No comments:

Post a Comment