Thursday, September 8, 2022

मधेश प्रदेशमा नेपाली कांग्रेसले गरे ६० प्रतिशत सिटको दावी

  मधेश प्रदेशमा नेपाली कांग्रेसले गरे ६० प्रतिशत सिटको दावी 



लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २३

    नेपाली कांग्रेस मधेस प्रदेश समितिकाे बिहिवार (आज)बसेकाे बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

पार्टी कार्यालय जनकपुरमा सम्पन्न बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेस प्रदेशमा ६० प्रतिशत सिटकाे दाबी गर्ने निर्णय गरेको छ।

   कांग्रेस मधेस प्रदेश सञ्चार बिभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार उक्त  बैंककले सर्लाही क्षेत्र नं -४,का सांसद डा. अमरेश कुमार सिंह तथा  सिराहा क्षेत्र नं. ३ डा.सुवास यादव र सीतादेवी यादवले उम्मेदवारका लागि दिएको निवेदन उपर छलफल गर्दै तीनैजनाकाे नाम आवश्यक रायसहीत सिफारिस गर्ने निर्णय गरेको छ ।

   उम्मेदवारका लागि क्षेत्र र जिल्लाकाे सिफारिसमा नपरेका सर्लाही क्षेत्र नं.४ का सांसद डा. सिंहले आफ्नाे नाम सिफारिसका लागि प्रदेश र केन्द्रमा निवेदन दिएको बताउँदै, आफुलेनै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -४ बाट टिकट प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

    उक्त  बैठकले आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै ,स्वर्गीय नेता प्रदिप गिरीकाे निधन प्रति दु:ख व्यक्त गर्दै,शोक प्रस्ताव परित गरेको सञ्चर बिभाग प्रमुख गुप्ताले जानकारी दिए ।




No comments:

Post a Comment