Saturday, September 17, 2022

सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँबाट एकैदिन लागुऔषधसहित ४ जना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १


  सर्लाही  प्रहरीले एकैदिन जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट सरकार द्बारा प्रतिबन्धित लागुऔषधसहित ४ जना युवकलाई पक्राउ गरेको छ।४ जना मध्ये दुई जनालाई लालबन्दी न.पा.-१ र अर्को दुई जनालाई जिल्लाकै ब्रहमपुरी गाउँपालिका वडा न-३ स्थितबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवका अनुसार शुक्रवार  दिउँसो  लालबन्दी न.पा वडा न-१ पुर्व पश्चिम लोकमार्ग लच्का स्थितमा बिशेष सुचनाको आधारमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र.२-०२-००५ प २२०६ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा चालक धनुषा जिल्लाको सबैला न.पा वडा न-१२ बस्ने रामनाथ महराको छोरा अन्दाजी वर्ष ४१ को बिनोद महरा र पछाडि सवार सोही ठाउँ बस्ने शिवा कापरको छोरा अन्दाजी वर्ष ४२ को राजाराम कापरको साथबाट  ५ के.जी लागुऔषध गाजाँ बरामद गरि दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ।

   यस्तै सोही दिन साँझ करिब ७ बजेको नेपाल भारत सिमा नजिक पर्ने ब्रहमपुरी गा.पा वडा न-३ झिम नदिको बाटो स्थितमा त्रिभुवननगर बेस क्याम्पबाट सशस्त्र प्रहरी र प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको नेपाल प्रहरीको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा भारतको सोनवर्षाबाट नेपाल तर्फ आउदै गरेको धादिङ्ग जिल्ला  निलकण्ठ न.पा वडा न-४ बस्ने अन्दाजी वर्ष २९ को निगम घले र सर्लाही जिल्लाको बागमति न.पा वडा न-२ ढुङ्ग्रेखोला बस्ने अन्दाकी वर्ष ३१ को रवि खड्काको साथबाट Provitha Zine ३५ एम्पुल,Dijetpam ३३ एम्पुल र सादा नुरफिम-३३ एम्पुल बरामद गरि उक्त लागुऔषध सहित  निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रवक्ता एवं डिएसपी यादवले जनाएको छ।


No comments:

Post a Comment