Wednesday, September 14, 2022

मलंगवा वडा न-१० का अतिक्रमित संरचना भत्काउँदै वडाअध्यक्ष मुकेश झा

 



लोकतन्त्र समाचारदाता–

मलंगवा २९ भदौ 

    मलंगवा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मुकेश झाको सक्रियता यतिबेला तीव्र रुपमा देखिन थालेको छ  । फुटपाथ अतिक्रमणका कारण वर्षौदेखि सास्ती खेप्दै आएका सो वडाका बासिन्दाले अब समस्याको निकास पाउने भएका छन् ।

    सो वडाअन्तर्गत पर्ने मलंगवा बजारको नाला र सडकमाथिको अतिक्रमण हटाउने अभियान थालिएको वडाअध्यक्ष झा ले बताए  । वडाध्यक्ष मुकेश झा को सक्रियतामा मलंगवा बजार स्थित नाला माथिको अतिक्रमण हटाउने अभियान थालिएको हो । सार्वजनिक सम्पत्तिको  अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइने उनले बताए । सार्वजनकि स्थल अतिक्रमण गरेर आम जनतालाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । साघुँरो बाटो र नालाको उचाई समान बनाएर बाटो फराकिलो बनाउन लागिएको छु । यसमा कसैको अवरोध सह्य नहुने वडाध्यक्ष झा ले भने । 

   सडककै उचाईमा नाला माथि स्लेब हाल्ने योजना वडा समितिले बनाएको छ । यसको लागि बजेट समेत विनियोजन भइसकेको छ । मलंगवामा फुटपाथ र नाला अतिक्रमण गर्ने प्रवृत्ति समस्याको रुपमा रहेको छ । केहीले नाला माथि नै पिलर हालेका छन् । नालाको पर्खाल माथि नै घर निर्माण गरेका छन् । जसले गर्दा मलंगवा वार्ड नं. १० मा रहेको बजारको सडक झन साँघुरो भएको  छ । केही दिनमै यस्तो अतिक्रमण हटाउने योजना बनाएको वडाध्यक्ष झा ले सुनाए  । 

   अतिक्रमणले नाला सरसफाईमा समेत कठिनाई हुने गरेको छ । जसले गर्दा वर्षातको पानीले निकास पाउँदैन । ‘एक इन्च अतिक्रमण पनि सैह्य हुने छैन् । जसले पनि नाला अतिक्रमण गरेको छ, त्यसमाथि सीढी बनाएको छ, वडा भरि नै त्यस्तो अतिक्रमण तोडफोड गरि हटाउने छौँ, यसमा वडावासीको साथ र सहयोग रहने विश्वास रहेको मलंगवा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष  झा को भनाई छ । 


No comments:

Post a Comment