Friday, September 16, 2022

स्व. हरिन्द्रानन्दको १३ औँ दिनको पुण्यतिथिमा शिव शिष्य परिवार द्वारा श्रद्धाञ्जली सभा तथा ब्रह्मभोजको आयोजना




लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ३१

     शिव शिष्य परिवारका संस्थापक शिष्य स्व.हरिन्द्रानन्दको स्वर्गारोहण भएको १३ औँ दिनको पुण्य तिथिमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै  शिव शिष्य परिवार मलंगवाले आज(शुक्रवार) श्रद्धाञ्जली सभा तथा ब्रह्मभोजको आयोजना गरेको छ।

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित बाल मन्दिरको प्रांगणमा आयोजना  गरिएको श्रद्धाञ्जली सभाको अवसरमा गरिब, असहाय तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क रुपमा भोजन गराई स्व.हरिन्द्रानन्दको आत्माको शान्तिको लागि भजन,किर्तन समेत गरिएको  शिव शिष्य परिवार मलंगवाका संयोजक नागेन्द्र प्रसाद गुप्ताले जानकारी दिएको छ।

    उक्त श्रद्धाञ्जली सभामा  शिव शिष्य जितेन्द्र प्रसाद,संजय कुमार ,मिना देवी,रुबी देवी तिवारी ,विणा देवी  लगायत सयौंको संख्यामा गुरु भाइ तथा गुरु बहिनीहरुको  उपस्थिति रहेको थियो ।

  स्व.हरिन्द्रा नन्द भारतको झारखण्ड राज्य अन्तर्गत राँचीको  बासिन्दा हुनुहुन्छ।

No comments:

Post a Comment