Saturday, September 10, 2022

काठमाडौमा चोरी भई सर्लाहीको कर्मैयामा फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २५

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले काठमाडौबाट हराएको मोटरसाइकल सर्लाहीको कर्मैयामा फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

   जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार अस्थाई ट्राफिक प्रहरी पोस्ट कर्मैयाले गत भदौ १७ गते दिउँसो २ बजेको समयमा बागमती नगरपालिका वडा न-१२ कर्मैया स्थित पुर्वपश्चिम लोकमार्गमा सवारी साधनको चेकजाँच गर्ने क्रममा नाम थर वतन नखुलेको व्यक्तीले आवश्यक कागजपत्र साथमा नराखी प्र३-०२-००८ प ३०५४ नम्बरको मोटरसाइकल चलाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ राखेको तर ५ दिन सम्म पनि उक्त व्यक्ती सम्पर्कमा नआए पछि शंका लागि काठमाडौ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको चोरी शाखामा सम्पर्क गरी बुझ्दा मिति २०७६।०६।०६ गते इन्जिन न- DKYCKH57213 र चेसिज न- MD2A3EY8KCH95981भएको बागमती प्रदेश ०२-०१५प ६१६४ नम्बरको मोटरसाइकल काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा न-९ बस्ने  महेन्द्र केसीको रहेको र उक्त मोटरसाइकल निजको घर अगाडीको पार्किङबाट हराएको भनि निवेदन दिएको भन्ने जानकारी प्राप्त हुन आएको र उल्लेखित संकास्पद मोटरसाइकलको ईन्जिन नम्बर र चेसिज नम्बर सवारी धनी केसीले निवेदनमा खुलाएको सँग मिल्न गएकोले निज सवारी धनिलाई सक्कल सवारी दर्ता किताब सहित सर्लाहीको नवलपुर स्थित जि.ट्रा.प्र  कार्यालयमा सम्पर्क राख्न लगाई उक्त मोटरसाइकल निजलाई हस्तान्तरण गरेको जानकारी दिए।






No comments:

Post a Comment