Saturday, September 10, 2022

सर्पले टोकेर एक महिला मजदुरको मृत्यु

 

सर्पले टोकेर एक महिला मजदुरको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २५

    सर्लाहीको हरिवन नगरपालिका वडा न-११ स्थित एक घरमा लेवरको काम गर्दै आएकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार दिउँसो हरिवन न.पा-११ बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग लेवरको रुपमा काम गर्दै आएकी सोही वडाकी ३५ वर्षीया श्याम कुमारी महतोको सर्पले टोकेर मृत्यु भएको हो।

     काम गर्ने क्रममा गोमन सर्पले टोकेर घाइते भएकी महतोलाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पतालमा लगिएको तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको र त्यहीँ उनको राति ११ बजे मृत्यु भएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

No comments:

Post a Comment