Monday, September 5, 2022

सितलपुरमा घर भत्किंदा ५ लाखको क्षति,एकजना घाइते

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २०

प्रतीक फोटो


     सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घर भत्किंदा ५ लाख रुपैया बराबरको क्षति भएको छ भने एकजना महिला घाइते र केही चौपायाहरु मरेका छन् ।

    प्रहरीका अनुसार चन्द्रनगर गापा वडा न–१, शितलपुरमा

स्थानीय सरोज मण्डलको  बाँस र खपडाको छाना भएको घर सनिवार राति एक्कासी भत्किँदा उनकी श्रीमती २७ वर्षीया बिनिता मण्डलको बायाँ हातमा चोट लागेर सामान्य घाइते भएकी छिन् । घर भत्किँदा मण्डलले पालेको  एउटा भैँसी , पाडा र चारवटा बाख्रापाठाहरु मरेका छन् ।

    पिडित मण्डलले भर्खरै ४० हजार रुपैया लगाएर उक्त घरको मर्मत गरेका थिए।घर भत्किएपछि आर्थिक अवस्था कमजोर भएको पिडत मण्डलको परिवार घरबार विहिन भई विचल्लिमा परेको स्थानीयहरुले बताएका छन् ।

No comments:

Post a Comment