Thursday, September 15, 2022

भारतबाट ल्याएको झण्डै २ करोड रुपैया बराबरको चिनी प्रहरी द्वारा नियन्त्रणमा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ३०

        सर्लाहीको हरिवन नगरपालिका स्थितबाट  प्रहरीले  १ करोड ९४ लाख रुपैया बराबरको  अवैध  चिनी बरामद गरेको छ ।

     बिहिवार बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको २ वटा ट्रकलाई चेकिङ्ग गर्दा चामल भनेर बिल काटिएको  ९८० बोरा चिनी फेला परेको प्रहरीले जनाएको छ। 

    उक्त चिनीका बोराहरु भारततर्फबाट ल्याई काठमाण्डौंसम्म लान लागेको हुनसक्ने आशंका गरिएको छ।

   बरामद गरिएका चिनी भन्सार कार्यालय मलंगवामा बुझाइ आवश्यक अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ



No comments:

Post a Comment