Wednesday, September 14, 2022

मेरो माइक्रो फाइनान्स कौडेना द्वारा पब्लिक मावि मलंगवाका विद्यार्थीहरुलाई झोला वितरण


 



लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २९

     राष्ट्रिय बाल दिवसको अवसरमा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कौडेना शाखाले प्राथमिक तहका ५० जना भन्दा विद्यार्थीहरुलाई स्कुल झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ।

   संस्थाले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित रहेको श्री पब्लिक माध्यमिक विद्यालयको प्राथमिक तहमा अध्यनरत ५२ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको उक्त विद्यालयका शिक्षक राम विश्वास साहले जनाएको छ।

      मेरो माइक्रो फाइनान्सको आयोजना तथा मलंगवा न.पा वडा न-२ का वडाध्यक्ष धिरेन्द्र साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवाहाले यस लघुवित्त संस्थाले समाजमा आर्थिक सवलिकरण देखि लिएर शिक्षा विकास उत्तरदायीत्व अन्तर्गतको कार्यहरु गर्दै आएको र सोही अनुसार स्कुल झोलासहित एकएक दर्जन काँपि र कलम वितरण गरेको जानकारी गराउनुभयो।

  कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष साहले, शिक्षामा लगानी गरेर संस्थाले सराहनीय कार्य गरेको भन्दै उक्त संस्थाको प्रसंसा गर्दै धन्यवाद दिएका थिए।

   पब्लिक माविका सहायक प्र.अ राम किशोर महतोको विशेष पहलमा आयोजना भएको उक्त कार्यक्रममा  विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरिक्षक सुमित कुमार कुशवाहा,प्र.अ सुवास कुमार यादव,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरजु राय,सुस्मिता बस्नेत,राजेश कुमार साह,रमाशंकर यादव,विन्देश्वर चौधरी लगायत विद्यालयका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।



No comments:

Post a Comment